काठमाडाैं । शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो झर्ने क्रममा आज पनि निरन्तरता पाएको छ ।
१. ३८ अंकले घटेकाे नेप्से आज १ हजार ८ सय ४४ दशमलव १४ अंकमा आएर रोकिएको छ ।
बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । दिनभर १८३ कम्पनीको कारोबार हुँदा ९६ कम्पनीका शेयर मूल्य घटेकाे छ । ७८ कम्पनीकाे शेयर मुल्य बढ्दा १० कम्पनीकाे शेयर मुल्य स्थिर रहेको छ।
नेप्सेका १३ सव-इन्डिसेसमध्ये ट्रेडिङ, विकास बैंक र इन्भेस्टमेन्टकाे काराेबारमा मात्रै वृद्धि भएकाे छ । अन्य १० उप-समूहकाे काराेबार भने आज घटेकाे छ ।
कारोबार रकमका आधारमा आज अभियान लघुवित्त शीर्ष स्थानमा रहेको छ। अभियानकाे ३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।