इन्डाेनेसिया । एक सय बढी बालबालिकाकाे मृत्यु भएपछि इन्डोनेसियाले सिरप लगायत सम्पूर्ण तरल औषधिको बिक्रीमा प्रतिबन्ध गरेकाे छ ।
दक्षिण अफ्रिकी राष्ट्र गाम्बियामा कफ सिरप प्रयाेगका कारण ७० बालबालिकाको मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताइरहँदा इन्डोनेसियाकाे घटना सार्वजनिक भएको हो ।
इन्डोनेसिया सरकारका अनुसार सिरप औषधिकाे प्रयाेगले बालबालिकामा ‘एक्यूट किड्नी इन्ज्यूरी’ (एकेआई)काे संक्रमण देखिएकाे थियाे । जसका कारण ९९ साना बालबालिकाको मृत्यु भएको थियाे ।
उक्त औषधि निर्यात गरिएको थियो वा स्थानीय रूपमा उत्पादन गरिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेकाे छ ।
बिहीबार इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले दुई सय बालबालिकाहरूमा एकेआई संक्रमण पाइएकाे रिपाेर्ट गरेका छन् ।