काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ ।

तिहारको धनतेरसका दिन पूजा गर्न असर्फी किन्न काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड छ ।

राष्ट्र बैंकले सधैं असर्फी बिक्री गर्ने भएपनि तिहारकाे लागी यसकाे ब्रिक्रीमा उल्लेखनीय वृद्धि हुने गरेकाे छ ।

नेपाल राष्ट्र बैंककाे टक्सार विभागले आजबाट (कात्तिक ३) सुन र चाँदीको असर्फी बिक्री सुरू गरेको हाे ।

विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी खरिद गर्न सकिने छ ।

असर्फीका मूल्य सुन र चाँदीकाे दैनिक मूल्यका आधारमा हरेक दिन निर्धारण गरिने टक्सार विभागले बताएकाे छ ।

तस्बिरहरू

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु