आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको थियाे । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले पाेखरा रंगशालामा निसिमको अर्धकदको शालिक निर्माण गर्ने निर्णय गरेकाे छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मानस्वरूप शालिक बनाउने निर्णय गरिएको बोर्ड सदस्य अन्जन धमलाले जानकारी दिएका छन् ।
काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता (राखेप्र)को क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो ।
7
Shares
