विराटनगर । बालबालिकालाई भिटामिन ए र जुकाको औषधि आज बिहीबार पनि खुवाइँदै छ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । भिटामिन ए र जुकाको औषधि खुवाउने यसपटकको आज अन्तिम दिन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।

बुधबार पनि देशभरका बालबालिकालाई औषधि खुवाइएको थियो । हिजो छुटेकालाई आज औषधि खुवाइने भएको हो ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु