कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले घर बहाल कर महानगरले नै उठाउने बताए । उनले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे ।
कार्यक्रममा सहभागी वडाध्यक्षहरुले आफ्ना वडाहरुमा ठूल–ठूला व्यावसायिक फर्महरु भए पनि आफूहरुले कर संकलन गर्न नसकेको बताएका थिए ।धेरै व्यवसायीहरु करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले महानगरको विकासका लागि कर संकलनमा कठोर बन्नुपर्नेमा जोड दिएका थिए ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख डा. डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिन सक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।कर संकलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका पपिूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।