विराटनगर । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा खो खो बिधाका प्रदेश १ का महिला खेलाडी खाली खुट्टा खेल्न बाध्य भएका छन् ।

पोखरा रंगशालामा जारी खेलकुुद अन्तरगत सेमिफाइनल खेलसम्मको यात्रा खेलाडी हातले नम्बर लेखिएको र खाली खुट्टा खेल्न बाध्य भएका हुन् ।

खेलमा सहभागी झापाकी एक खेलाडीका अनुसार आयोजकबाट खुट्टाअनुसार मिल्दो आकारको जुत्ता उपलब्ध नहुँदा खाली खुट्टा खेल्नु परेको हो ।

उनले भनिन्, ‘हामीले पहिलो खेलबाट‌ै खाली खुट्टा खेले पनि जित्दै आयौं। जुत्ता लगाएर खेल्न पाएको भए अझ सहज हुने थियो ।’

खेलाडीले प्रयोग गरेको जर्सीमा नम्बर मार्करले लेखिएको छ । आयोजक पक्षले जर्सीमा समेत ध्यान दिन नसकेको टोलीले जनाएको छ ।

टोलीका व्यवस्थापक प्रह्लाद गुरूङले खेलाडीले साइजको जुत्ता उपलब्ध नगराउँदा गाह्रो भएको बताए।

उनले भने्, ‘हामीले खेलाडीको खुट्टाअनुसार नापेर निकायका बुझाएका थियौं। तर, खुट्टाको आकारभन्दा फरक जुत्ताहरू पायौं। बरू त्योभन्दा खाली खुट्टै खेल्न सहज हुने देखियो । समयमा जुत्ता उपलब्ध भएको भए खेलाडीलाई खेल्न हौसला मिल्ने थियो ‘

प्रदेश १ महिला टोलीले यसअघि कर्णाली र मधेश प्रदेशलाई पराजित गरेका थिए । टोलीले सेमिफाइनलमा लुम्बिनीसँग बुधबार सेमिफाइनलमा स्पर्धा गर्दैछ ।

427
Shares
२ कार्तिक २०७९, बुधबार १२:४७