काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडाैंले अनुमति दिएकाे छ ।

बलात्कार आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको हाे ।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु