कपिलवस्तुमा भएको पार्टीकाे नवौं महाधिवेशनले उनलाई सर्वसम्मत महासचिवमा चयन गरेको हो ।
विप्लव यसअघि पनि पार्टीका महासचिव थिए ।नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ ।