तस्बिर साभार : खेलपाटी

विराटनगर । संखुवासभाका विकास कुमालले पौडीतर्फ स्वर्णपदक प्राप्त गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

प्रदेश १ तर्फबाट स्पर्धा गरिरहेका कुमालले मङ्गलबार फिसटेल एकेडेमीमा सम्पन्न सय मिटरको व्रेस्टस्ट्रोक स्पर्धामा नया राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक हासिल गरेका हुन् ।

स्पर्धामा कुमालले निर्धारित दूरी १ मिनेट ७ दशमलव ९३ सेकेण्डमा पूरा गरेका थिए। यसअघि सो स्पर्धामा शुभम् श्रेष्ठले १ मिनेट ८ दशमलव १५ सेकेण्डको किर्तिमान बनाएका थिए ।

नयाँ कीर्तिमान कायम गरेसँगै कुमालले आफूले अपेक्षा गरे अनुसार नतिजा दिन सकेको बताए ।

जारी खेलकुदमा कुमालको यो तेस्रो पदक हो । प्रदेशबाट २ स्वर्ण र १ रजतसहित ३ पदक हात पार्ने पहिलो खेलाडी बनेका छन् ।

कुमालले यसअघि आइतबार ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रदेशका लागि पहिलो स्वर्ण जितेका थिए । त्यसैगरी सोमबार २ सय मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक जितेका थिए ।

यससँगै पौडीतर्फको ५० स्वर्ण, ५० रजत र ५० कास्य गरि कुल १५० पदकको स्पर्धा सकिएको छ ।

पौडीतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब २० सहित ३६ पदक जितेर पहिलो भएको छ।

35
Shares
२ कार्तिक २०७९, बुधबार ०६:४४