काठमाडौं । स्विडेनमा २६ वर्षीया महिला जलवायु मन्त्री नियुक्त भएकी छन् । नयाँ सरकारले मंगलबार इरानी मूलकी रोमिना पौर्मोख्तारीलाई नियुक्त गरेको हो ।

जलवायु अभियन्ता ग्रेटा थनबर्गको देशको रुपमा समेत चिनिने स्विडेनको संसद्‍ले हालै उल्फ क्रिस्टेरसनको नेतृत्वमा नयाँ सरकार चयन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

रोमिना लिबरल पिपल्स पार्टीको युवा विभाग प्रमुखको रुपमा थिइन् । यसअघि २७ वर्षीय मन्त्रीको रेकर्डलाई तोड्दै रोमानी सबैभन्दा कम उमेरको मन्त्रीको रुपमा नियुक्त भएकी हुन् ।

स्विडेनमा गत शुक्रबार उल्फ क्रिस्टरसनको नेतृत्वमा नयाँ गठबन्धन सरकार घोषणा भएको थियो ।

प्रधानमन्त्री क्रिस्टरसनले आफ्नो मन्त्रिपरिषद्‍मा नागरिक सुरक्षा मन्त्रालय पनि गठन गर्ने घोषणा गरेका थिए ।

रोमिना स्विडेन डेमोक्र्याट (एसडी) पार्टीको गठबन्धनमा आफ्नो पार्टी सहभागी हुन नहुने भन्दै प्रधानमन्त्री क्रिस्टरसनको आलोचक थिइन् ।

यसै वर्ष स्टकहोमका लागि विधानसभा सदस्य बनेकी उनी स्विडेनको स्टकहोमस्थित इरानी मूलका बाबु–आमाबाट सन् १९९५ मा जन्मिएकी थिइन् ।

119
Shares
१ कार्तिक २०७९, मंगलवार २२:०६