विराटनगर । झापाको गौरादह नगरपालिका– ८ मा एक व्यक्तिले आफैंले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि उनले भतिजालाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
स्थानीय बिरन साहले बैराती स्कुल अगाडि कन्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।उनको गोली प्रहारबाट १४ वर्षीय किशोर घाइते भएका छन् । उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
आत्महत्या गरेका साह पूर्वप्रहरी रहेको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।