विराटनगर । सहिद रंगशालामा मंगलबार आयोजित सोलो साइकल रेस (१०० मिटर) प्रतियोगितामा धरानका दिपसागर तामाङ प्रथम भएका छन् । प्रतियोगितामा विराटनगरका आशिष पोखरेल दोस्रो र धरानकै सुजन चौधरी तेस्रो भए ।

प्रथम हुने तामाङले ५ हजार १ रुपैयाँ, द्वितीय हुने पाेखरेलले ३ हजार १ र तृतीय हुने चाैधरीले २ हजार १ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

जेसिसको आयोजनामा भएको प्रतियोगितामा ५० जना जनाले सहभागिता जनाएका थिए ।

जेसिस सप्ताहका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला मुख्य अतिथिका रुपमा सहभागी भएका थिए ।

‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासाथ जेसिसले दुई वर्ष अघिदेखि यो प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु