उद्योगका प्रवक्ता लक्ष्मण पोखरलेका अनुसार ५६ करोड ७२ लाख थप लगानी गर्न सके उद्योगको पुनःनिर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने छ ।
त्यसरी सञ्चालन भएपछि तीन वर्षभित्रै नेपाल सरकारबाट लिएको ऋणको साँवा ब्याज फिर्ता गरिसक्ने प्रतिवद्वतासहित उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस अर्थ मन्त्रालयमा विचाराधीन रहेको प्रवक्ता पोखरेलले जनाए ।उदयपुर सिमेन्ट उद्योग लिमिटेडले उच्च गुणस्तरको चुनढुंगा प्रयोग गरी अब्बल ग्रेडको गुणस्तरयुक्त गैंडाछाप सिमेन्ट उत्पादन गरिरहेको छ । आर्थिक वर्ष २०७८/७९ मा २१ लाख ७२ हजार ४१९ बोरा सिमेन्ट बिक्री गरेकामा चालु आर्थिक वर्षमा २५ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य उद्योगको छ ।
लक्ष्य हासिल गर्न गत आर्थिक वर्षको उत्पादन उपलब्धि ४१ प्रतिशतलाई वृद्धि गरी उद्योगको कूल क्षमता ८ सय मेट्रिकटन पुर्याउन प्राविधिक अध्ययन गराई फेर्नुपर्ने मेसिनहरुको अनुमानित मूल्यसहित सरकारलाई ऋण लगानीका लागि अनुरोध गरिएको जनाइएको छ ।गत वर्ष ‘बिइपी’ मा गइसकेको उद्योग अहिलेको परिस्थितिमा डिजेल, कोइला तथा अन्य कच्चापदार्थको भाउ अत्यधिक बढेको कारण एवं कर्मचारीको सेवा सुविधा वृद्धि भएको कारण लागत बढेको दाबी गरिएको छ ।
त्यस्तो अवस्थामा उद्योग फेरि नोक्सानीमा जान सक्ने अवस्थालाई रोक्न उद्योगको नयाँ प्रविधि जडान गरी कोइलाको खपत कम गर्न उक्त लगानी आवश्यक रहेको प्रवक्ता पोखरेलले बताए ।
अधिकांश कर्मचारी अबको चार–पाँच वर्षभित्र अवकाश प्राप्त गर्दैछन् । त्यसबेला उनीहरुले पाउने अर्बौंको सुविधाको सरकारी दायित्व समेत उद्योगको क्षमता बिस्तार भएको खण्डमा मात्र पाइने अवस्था रहेको उल्लेख गरिएको छ ।
२०७८ असोजसम्म अवकाश प्राप्त कर्मचारीले १५ करोड रकम प्राप्त गरिसकेका छन् । २०७७ माघअघि बन्द रहेको उद्योग महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जिम्मेवारी सम्हालेपछि कच्चापदार्थ तथा अन्य समस्याहरु समाधानको पहल भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा एनएफआरएस अन्तर्गत वित्तीय विवरण तयार गरी त्यस वर्षसम्मको ५ अर्ब ५० करोड नोक्सानी कट्टा गर्दा ५६ करोड सञ्चित मुनाफा कायम भएको प्रवक्ता पोखरेलले बताए ।
संगठन तथा व्यवस्थापन सर्भे, कम्पनीको १५ बर्षको साधारणसभा सम्पन्न, प्लाण्ट मर्मतसम्भार, आन्तरिक तथा वाह्य लेखापरीक्षण, कम्पनी स्थापना हुँदादेखिको कम्पनी रजिस्ट्रारको कार्यालयमा रेकर्ड अद्यावधिक गर्ने काम गरिएको छ ।
जस्ता महत्त्वपूर्ण कार्यहरु महाप्रबन्धक न्यौपानेको कार्यकालमा सम्पन्न भएका छन, सूसासनको दृष्टिकोणले यी कामहरु निकै महत्त्वपूर्ण रहेको प्रवक्ता पोखरेलले जनाए ।
उत्पादन बृद्वि गरिएअनुसार २०७७/७८ मा ३० करोड नोक्सानी भएकोमा आर्थिक वर्ष २०७८/७९ मा खर्च मितव्ययिता अपनाएर धेरै वर्षपछि उद्योग नाफामा गएको छ ।
पछिल्लो समयमा उद्योग भित्रका क्रियाशील ट्रेड युनियनहरुले उद्योग सञ्चालनको नियमियता लगायत केही माग राखी पेस गरेको ज्ञापनपत्रको बारेमा समेत महाप्रबन्धकसमेत बसी छलफलमा सहमति गरिएको जनाइएको छ ।