काठमाडाैं । कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ ।

कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठसँग भेटगरी सो माग गरेको हो ।

त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुको उडानलाई नियमित बनाउनका लागि उनीहरुसहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो ।

केही दिन अघिको वर्षाका कारण सडक बाटोको सञ्जाल, विद्युत र टोलिफोन सेवा समेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्ला सम्पर्क विच्छेद भएको अवस्थामा छ ।

पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भईरहेका बेला हवाई सेवा समेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नु परेको गुनासो समेत गरेका छन् ।

उनले यस क्षेत्रको हवाई उडानको समस्या तत्काल गर्न सरकारसँग माग गरिएको बताए ।

पूर्वमन्त्री श्रेष्ठ

‘कर्णालीका लागि हवाई सेवाको दीर्घकालीन समस्या समाधान गर्नु पर्याे । यसका लागि केही ट्वीनटर जहाजहरु थप गर्नुपर्याे भनेर मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाइएको छ । र, तत्काल निजी क्षेत्रको उडान सेवा प्रदायक कम्पनीहरुलाई आमन्त्रण गरेर छलफल गर्नुपर्याे भनेर हामीले अनुरोध गरेका छौँ’ पूर्व मन्त्री भण्डारीले भने, ‘उडड्यनमन्त्रीले चाहिँ मिटिङ कल गर्ने भनेर हामीलाई भन्नु भएको छ । र, दुई जहाजहरु खरिदका लागि योजना रहेको कुरा पनि बताउनु भएकाे छ ।’

निजी क्षेत्रको अपारदर्शी हवाई उडानका लागि त्यहाँका जनताले ठूलो सास्ती भोग्नु परेकाले सो समस्या पनि समाधानका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको भण्डारीले बताए ।

भेटका क्रममा मन्त्री श्रेष्ठले भण्डारी नेतृत्वको टोलीलाई कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान गर्न तत्काल २ विमान खरिद गर्ने योजना अघि सारिएको र निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरुलाई सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु