विराटनगर । नेपाल प्रहरीका एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्का मुलुकभरबाटै सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।

नेपाल प्रहरीभित्र अपराध अनुसन्धानमा सर्वोत्कृष्ट कार्य गरेवापत ६७औं प्रहरी दिवसका अवसरमा खड्कालाई विशेष सम्मान गरिएको छ । अपराध अनुसन्धानमा अब्बल दरिएका खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।

‘मोतीलाल बोहरा सर्वाेत्कृष्ट अनुसन्धानकर्ता’बाट खड्कालाई सम्मानित गरिएको हो । खड्काले ५१ हजार रुपैयाँ राशिको पुरस्कारका साथै सम्मानपत्र प्राप्त गरेका छन् ।

एसपी खड्का नेपाल प्रहरीमा अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा विशेष दखल भएका अधिकृत मानिन्छन् । नेपाल प्रहरीका काबिल अफिसर उनी प्रहरीको विशेष ब्यूरोमा कार्यरत छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख भएर बसेका खड्का आफ्नो कार्यकालभर विवादरहित भए । उनी प्रहरी प्रमुख हुँदा मोरङमा शान्ति सुरक्षाको अवस्था मजबुत थियो ।

एसपी सन्तोष खड्का २

स्वच्छ छवि भएका खड्का संगठित अपराध र आतंकवाद सम्बन्धी अनुसन्धानमा विज्ञ मानिन्छन् । विभिन्न प्रहरी कार्यालयको प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव उनीसँग छ ।

नेपाल प्रहरीले हरेक वर्ष प्रहरी दिवसको अवसरमा ‘उत्कृष्ट अनुसन्धानकर्ता’को पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्षदेखि पुरस्कारको राशि पूर्वआईजीपी मोतिलाल बोहराले प्रायोजन गरेका हुन् ।

49
Shares
१ कार्तिक २०७९, मंगलवार ११:३८