सोलुखुम्बुको सोलुदुधकुण्ड– ८ धापदेखि सगरमाथा आधारशिविरसम्म पुगेर पुनः धापसम्म नै आइपुग्दा टुंगिने म्याराथन ३ सय १० किलोमिटर दूरीको हुनेछ ।
कात्तिक ६ बाट हुने दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र २ दर्जन नेपाली धावक सहभागी हुने जनाइएको छ ।धावक दा छिरि शेर्पाको अगुवाइ र द स्मल वर्ल्डको संयोजनमा हुने प्रतियोगिता लगातार १५ दिनसम्म सञ्चालन हुनेछ ।
खेल पर्यटन प्रवर्द्धनका लागि म्याराथन दौड आयोजना गर्न लारिएको आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले बताएका छन् ।सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकहरूलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।