युक्रेनको राजधानी किभमा रुसले ड्राेन हमला गरेकाे छ ।

किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ एन्ड्रिया यरमार्कले पुष्टि गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले बताएका छन् ।

राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको उनले बताएका छन् । विस्फोटको निन्दा गर्दै यरमार्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ ।’

स्थानीय समयअनुसार सोमबार बिहान साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोटहरु भएका थिए । विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए ।

क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु