ढकमक्क फूलेका फूलहरूले तिहार नजिकिएकाे आभास गराउँछ ।
भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् ।अरु बेला खासै व्यापार नभए पनि चाडपर्वको समयमा भने फूलकाे व्यापार राम्राे हुने गरेकाे किसानहरूकाे अनुभव छ ।
यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा समस्यमा परेकाे उनीहरूकाे दुखेसाे छ ।