काठमाडाैं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता (राखेप्र)को पदक तालिकामा विभागीय टोलीले वर्चस्व कायम गरेका छन् ।

हालसम्म ८७ स्वर्णको छिनोफानो हुँदा नेपाली आर्मी पहिलो, एपिएफ दोस्रो र नेपाल पुलिस तेस्रो स्थानमा छन् ।

पदक तालिकाको शीर्ष स्थानमा रहेको आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्य सहित ८६ पदक हात पारेको छ ।

आर्मीभन्दा ३६ पदक कम जितेको एपिएफ दोस्रो स्थानमा छ । कुल ५० पदक आफ्नो पोल्टामा पारेको एपिएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य पदक जितेको छ ।

पदक तालिकाको तेस्रो स्थानमा रहेको नेपाल पुलिसले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक जितेको छ ।

राखेप्र फुटबल

चौथो स्थानमा रहेको बागमती प्रदेश ३६ पदकसहित चौथो स्थानमा रहँदा घरेलु टोली गण्डकी प्रदेश पाँचौ स्थानमा छ । ४ स्वर्ण, ३ रजत र ४ काँस्यसहित ११ पदक बटुलेको एनआरएनए छैटौं स्थानमा रहँदा मधेश प्रदेश सातौं स्थानमा छ ।

एक–एक स्वर्ण पदक जितेका प्रदेश १ र सुदूरपश्चिम प्रदेश कुल पदकका कारण क्रमशः आठौं र नवौं स्थानमा छन् । हालसम्म स्वर्ण पदक हात नपारेको कर्णाली र लुम्बिनी दशौं र ११औं स्थानमा छन् ।

राखेप्रकाे पदक तालिकाको दशौं स्थानमा रहेको लुम्बिनीले ६ रजत र ४ काँस्यसहित १० पदक जितेको छ भने कर्णालीले हालसम्म एक काँस्य पदक मात्र जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु