काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताएका छन् ।

त्यही कारण गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको देउवाले बताए ।

आइतबार आयोजित काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको देउवाले बताए ।

निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको उनको तर्क थियो ।

प्रधानमन्त्री देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।

काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरु आपसमा मिलेर गठबन्धनलाई अत्याधिक मतले विजय गराउने विश्वास पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु