रियल म्याड्रिडका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवाले ‘एल क्लासिको’ गुमाउने भएका छन् ।

चोटका कारण सेप्टेम्बरको अन्त्यदेखि टोलीबाहिर रहेका उनलाई पूर्ण आराम दिइएको कारण सिजनको पहिलो एल क्लासिकोमा टोलीमा समावेश नगरिएको क्लबले जनाएको छ ।

२२/२३को सिजनको पहिलो एल क्लासिको आज राती ८ बजे (नेपाली समय अनुसार) रियलको मैदान सान्टियागो बर्नबेउमा हुँदैछ ।

कोर्टुवाको अनुपस्थितीमा रियलको पोस्ट एन्ड्री लुनिनले सम्हाल्न सक्ने छन् । एट्लेटिको मड्रिडको खेलपछि टोलीमा कोर्टुवामा अनुपस्थित हुँदा लुनिनले ला लिगा र च्याम्पियन्सिपका चार खेलमा रियलको पोस्ट सम्हालेका छन् ।

ला लिगामा ओसासुना र गेटाफेविरुद्ध खेलेका उनले च्याम्पियन्स लिगमा साख्तर डोनेस्कविरुद्ध दुई खेलेका छन् ।

रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीका अनुसार कोर्टुवा ढाडको नशाको समस्याका कारण आराम गरिरहेका छन् ।

रियलका लागि १९० खेल खेलेका उनले रियलको जर्सिमा सात उपाधि जितिसकेका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु