विराटनगर । लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित शनिबार दिउँसो २ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

भारतको जोगवनीबाट को २४ प ४४५१ नम्बरको स्कुटरमा नेपाल प्रवेश गरेका सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ३२ वर्षीय लेखनाथ ढुंगाना र पछाडि सवार बहारक्षेत्र नगरपालिका–३ का ३३ वर्षीय अजितकुमार धामी पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनीहरुलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट दिउँसो ३ः४५ बजेतिर पक्राउ गरेको हो ।

स्कुटरसहित पक्राउ परेकाको साथबाट ३३ ग्राम ८८ मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु