विराटनगर । विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा ठोस काम नगरी मुलुकको समृद्धि हुन नसक्ने कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ (ख) र विराटनगर महानगरपालिका समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

मुलुकलाई सभ्य, र दरिलो बनाउन शिक्षा, स्वास्थ्य, र रोजगारीको क्षेत्रलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उनले बताए ।

कक्षा १२ सम्म निःशुल्क बनाउनेतर्फ कांग्रेस अग्रसर रहेको उनले बताए । आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन नपर्ने गरी कांग्रेसले गम्भीरतापूर्वक काम गर्ने उनले बताए ।

दलहरुले सरकारको नेतृत्व गर्न निर्वाचनअघि गठबन्धन बनाउनु वा निर्वाचनपछि गठबन्धन बनाउनुपर्ने अवस्था संविधानले गर्दा सिर्जना भएको उनको भनाइ थियो ।

‘निर्वाचन प्रणालीको व्यवस्था अनुसार कहिल्यै कुनै पार्टीको बहुमत आउनसक्ने अवस्था देखिदैन’ कोइरालाले भने, ‘हामी गठबन्धन गरी निर्वाचनमा अघि बढेका छौं ।’ गठबन्धनले लोकतन्त्रलाई सुदृढ गने दाबी कोइरालाले गरे ।

मोरङको क्षेत्र नम्बर ६ लाई नमूना क्षेत्रको रुपमा विकास गर्न आफ्नो जोड रहेको उनले सुनाए ।

कार्यक्रममा सोही क्षेत्रको प्रदेश ‘ख’ उम्मेदवार केदार कार्की, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेतृ मृदुला कोइराला, महानगरका सभापति दिपक चापागाइँ लगायतको उपस्थिति थियो ।

63
Shares
२९ आश्विन २०७९, शनिबार १७:११