विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा १ मा रहेको फोकनी माध्यमिक विद्ययलमा अध्ययनरत किशोरीहरुका लागि सेनिटरी प्याड उपलब्ध नहुँदा समस्या पर्ने गरेको छ ।
महिनावारी भएका बेला प्रयोग गरिने प्याड उपलब्ध नहुँदा विद्यालय आउनै समस्या रहेको विद्यार्थीहरुको भनाइ छ ।कक्षा ५ देखि १० सम्मका बालिकाहरुलाई हाल सेनिटरी प्याड उपब्ध भएको छैन ।
विगतमा धनपालथान गाउँपालिले प्याडको माग गर्न पालिकामा रहेका सामुदायिक विद्ययालयलाई आग्रह गर्दै आएको थियो । यसपालि भने पालिकाले त्यस्तो आग्रह र सहयोग गरेको छैन ।फोकनी माविका शिक्षक विक्रम शाहका अनुसार २०७७ देखि निरन्तर रुपमा प्याड वितरण हुँदै आएको छ । यसपल्ट पालिकाबाट केही सहयोग नआएको उनले बताए ।
गत वर्ष २ सय २४ वटा प्याड बाँडिएको थियो । हरेक छात्रालाई एक महिनाको एक जोडी प्याड दिने गरेको शिक्षिका सरिताकुमारी मण्डलको भनाई छ।
छिमेकी विद्यालयहरुमा रहेको प्याड राखिएकै स्थानमा मुसाले काटिदिएको पाइएको छ ।
एक छात्राका अनुसार विद्ययालले उपल्बध गराएको प्याड र बाहिर पसलमा किनेकोमा धेरै फरक हुन्छ । विद्ययालयको प्याड कम चौडा हुने, दिनमा तीनवटा प्रयोग गर्नु पर्ने तर पसलबाट किनेको दुईवटाले दिनभर पुने उनले बताइन् ।
पालिकाका शिक्षा प्रमुख सीता भट्टराईका अनुसार प्याड किन्नका लागि टेण्डर आह्वान गरिएको छ । चाँडै खरिद गरेर वितरण गर्ने उनले बताइन्।
(प्रशिक्षार्थी)