सतिसकुमार राजवंशी

विराटनगर । ‘प्रदेश एकका प्रतिनिधि गजलहरु’ नामक कृति शनिबार आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ । कृतिको सम्पादन स्वीकृती रेग्मी ‘मुना’ ले गरेकी हुन् ।

प्राज्ञ दिवस पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई गजल पुस्तक हस्तान्तरण गरी कार्यक्रम सुभारम्भ गरिएको थियो । विराटनगर महानगरको आर्थिक सहयोगमा हाम्रो साहित्य संसारद्वारा तयार पारिएको उक्त कृतिमा प्रदेश १ का १४ वटै जिल्लाका ७२ गजलहरु समेटिएको छ । त्यसमा २१ नारी स्रष्टा र ५१ पुरुष स्रष्टा छन् ।

कार्यक्रममा नेपाली भाषा साहित्यलाई योगदान दिने तथा गजलहरु संग्रह गर्न सहयोग गर्ने दिनेशराज सुवेदीलाई सम्मान गरिएको थियो ।

गजल संग्रहभित्र जीवन जगतका तितामिठा अनुभूति, समाजको यर्थाथ चित्रण माया प्रेम, विकृति विसङ्गतिप्रति व्यङग्य, राजनीति विसङ्गतिको चर्चा एवं नवरसक पय्रोग गरिएको सम्पादक ‘मुना’ ले बताइन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले समाजलाई असल बाटोमा लान, विकृति र विसंगतिबाट निरुत्साहित गर्न, सामाजिक र सांस्कृतिक भावना सुदृढ गर्दै साहित्यले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु