काठमाडौं । गत वर्षभन्दा चार दिन ढिलाे गरी नेपालकाे ६ प्रदेशबाट मनसुन बाहिरिएकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार प्रदेश १ बाट भने मनसुन बाहिरिन बाँकी छ । प्रदेश १ बाट मनसुन बाहिर अझै केही समय लाग्ने महाशाखाले जारी गरेकाे माैसमी बुलेटिनमा उल्लेख गरिएकाे छ ।

२२ जेठ (५ जून) मा नेपालको पूर्वी भू-भागबाट मनसुन नेपाल प्रवेश गरेकाे थियाे ।

महाशाखाका अनुसार गत वर्षभन्दा केही ढिला गरी मनसुन बाहिरिएको हो । गत वर्ष ११ अक्टोबरमा मनसुन नेपालबाट बाहिरिएको थियो ।

सामान्यतया २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिन सुरू हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

भारतका विभिन्न स्थानमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालबाट मनसुन बाहिरिन समय लागेकाे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु