बागमतीविरुद्ध भएको खेलमा विभागीय टाेली त्रिभुवन आर्मी क्लब ८–० को गोलान्तरले विजयी भएको हो ।
खेलको पहिलो क्वाटरमा आर्मीकी सुनिता नेगीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन् ।खेल सुरू भएको पहिलो मिनेटमै सुनिताले गोल गरेकी थिइन् ।
त्यस्तै, खेलको १४औं मिनेटमा आर्मीका सीतामाया बलले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।खेलको दोस्रो क्वाटरमा आर्मीले लगातार तीन गोल गर्न सफल भयो । खेलको २७औं मिनेटमा सरस्वती तामाङ, २८औं मिनेटमा सीता कुमारी चौधरी र २९औं मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए ।
खेलको तेस्रो क्वाटरमा सुनिताले आर्मीको लागि थप एक गोल गरिन् । आर्मीका लागि अन्तिम क्वार्टरमा सरस्वती तामाङ र कमला चन्दले गोल गर्दै जित निश्चित गरे । तामाङले ४८औं र चन्दले ५४औं मिनेटमा एक–एक गोल गरेका थिए ।
आजै भएकाे दोस्रो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई स्तब्ध बनाएकाे छ । खेलको पहिलो, दोस्रो र तेस्रो क्वाटर गोल रहित बने पनि सुदूरपश्चिमका लागि खेलको अन्तिम मिनेटमा धमरा थापाले गाेल गर्दै टाेलीलाई राेमाञ्चक जित दिलाइन् ।
आजका खेलका विजेता सुदूरपश्चिम र आर्मी भाेलि मैदान आमसामने हुँदैछन् । सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै छ । भोलि प्रतियोगिताको चौथो दिन सुदूरपश्चिम र आर्मी र लुम्बिनी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।