सुनसरी–मोरङ सिँंचाइ आयोजनासँगको सहकार्यमा महानगरले नहरको सफाइ सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिएका छन् । महानगरले दुई डोजरको सहयोगमा नहर सफाइ गर्न सुरू गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार लामो समयदेखि सफा नभएका नहरको सफाइ मेयर कोइरालाको पहलमा सुरू गरिएको हो ।‘बिहान ६ बजेदेखि नै सफाइ सुरू हुन्छ । एउटा डोजरले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ’ कोइरालाले भने, ‘लामो समयदेखि नहर सफा भएको थिएन । मेयर कोइरालाको पहलमा नहर सफाइलाई तीव्रता दिइएको छ ।’
हरेक हप्ताको शुक्रबार विराटनगर महानगरपालिकाले महानगर सफाइ विशेष अभियान पनि सञ्चालन गरिरहेको छ ।