पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देवीमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरेकी थिइन् ।

आठौँ सागमा ‘इलेक्ट्रिकल टाइम’ हो भने अहिलेको समय ‘ह्याण्ड टाइम’ हो । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार विभिन्न २९ खेलहरु हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु