विराटनगर । बाटो हिँड्ने क्रममा अरिङ्गालले टोकेर खोटाङमा १ जना युवकको शुक्रबार मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
अरिङ्गालले टोकेर दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–३ बाम्राङका २६ वर्षीय विनोद ठटालको मृत्यु भएको खोटाङ प्रहरी प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार बाटोमा हिँड्ने क्रममा अरिङ्गालले टोकेर ठटालको घटनास्थलमै मृत्यु भएको हो ।
अरिङ्गालले टोकेर २५ वर्षीया शर्मीला नेपाली र ७२ वर्षीय नैनसिंह दर्जी घाइते भएका छन् । सामान्य अवस्थाका दुवै जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएको डीएसपी मुकारुङले जानकारी दिए ।