विराटनगर । निर्वाचन आयोगले प्रदेश १ का लागि निर्वाचनसम्बन्धी आठ ट्रक सामान पठाएको छ । आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सामग्री पठाउन सुरु गरेको हो ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन सुरु गरेको जनाएको छ ।
आयोगका सचिव गोकर्णमणि दुवाडीले शुक्रबार प्रदेश १ का लागि आठ ट्रक सामान पठाइएको जानकारी दिए।अरु प्रदेशका लागि पनि सामग्री पठाउने तयारी भइरहेको छ।