काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

किस्ट अस्पतालले विज्ञप्ति जारी गर्दै जोशीको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।

तीन सातादेखि उपचाररत उनलाई बिहीवार आईसीयूमा सारेर उपचार थालिएको थियो । औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । उनलाई डेङ्गी पनि भएको थियो।

77
Shares
२८ आश्विन २०७९, शुक्रबार २१:५७