बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुनलाई निमन्त्रणा गरेको उल्लेख गर्दै उनले उपराष्ट्रपति पुन बिहीबारै पोखरा आइसकेको उनले जानकारी दिए ।सदस्यसचिव घिसिङले राष्ट्रिय खेलुकदमा सबै सर्वसाधारणलाई रंगशाला प्रवेश खुल्ला गरिएको पनि जानकारी दिए ।
राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक च्याम्पियन ट्रफी बनाएको र सबभन्दा बढी पदक जित्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने उनले बताए ।सदस्यसचिव घिसिङले सातौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का स्वर्ण पदकधारी ओलम्पियन खेलाडी टिकाबहादुर बोगटीले नवौं राष्ट्रिय खेलकुदको दिप प्रज्जवलन गर्ने पनि जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता कात्तिक ३ गते सम्पन्न आयोजना हुँदै छ ।