काठमाडौं । रुस–युक्रेन युद्धका कारण एसियाली क्षेत्रको अर्थतन्त्रमा व्यापक असर परेको छ । युद्ध निरन्तर रहँदा यस क्षेत्रको अर्थतन्त्र प्रभावित भएकाले अन्य क्षेत्रमा पनि असर पर्न थालेको छ ।
व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।
एसियाको रुससँग त्यति धेरै बलियो व्यापार सम्बन्ध छैन तर, युरोपसँग एसियाली बजारमा सम्बन्ध निकट छ ।
युरोपको समग्र बजारमा युक्रेन युद्धको प्रभाव देखिएको यसले एसियाली देशको बाह्य मागमा असर गरेको आईएमएफको एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताएका छन् ।
युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा उच्च वृद्धि भएको उनको भनाइ छ ।
रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको हो । युद्धको सुरुवातदेखि नै इन्धन तथा खाने तेलमा भारी वृद्धि भएको थियो ।
यसैबीच भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ६ दशमलव ८ प्रतिशतमा झार्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । यो गत जुलाईको पूर्वानुमानभन्दा ० दशमलव ६ प्रतिशत बिन्दुले तल झरेको छ ।