हत्या गरिएका रोस्लिन र पदमा । दायाँपट्टि आरोपित भगवल सिंह । यो तस्बिर भारतीय प्रहरीले सार्वजनिक गरेको हो ।
विराटनगर । भारतको दक्षिणी राज्य केरलामा दुईजना महिलाको हत्या भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
कोची सरहका वरिष्ट अधिकारीले आर्थिक फाइदाका लागि रीतिरिवाजको नामका उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको भारतीय सञ्चार माध्यमहरुलाई बताएका छन् ।
‘बलिदान’ दिए आर्थिक फाइदा हुने अन्धविश्वासका आधारमा उनीहरुको हत्या भएको पाइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकोमा आरोपित जोडी र एक पुरुष छन् । रोस्लिन नाम गरेकी महिलाको जुन ६ मा हत्या भएको प्रहरीले जनाएको छ ।
यसैगरी पदमा नाम गरेकी महिलाको पनि हत्या भएको जनाइएको छ । उनी सेप्टेम्बर २६ देखि परिवारको सम्पर्कमा थिइनन् ।
उनीहरुको हत्या भएको भन्दै फरक फरक प्रहरी चौकीमा उजुरी परेको थियो । उजुरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।