सतिसकुमार राजवंशी

विराटनगर । विराटनगर महानगरपालिका वडा १९ बैजनाथपुुरस्थित स्वास्थ चौकीमा स्थापना गरिएका प्रयोगशाला उद्घाटन गरिएको छ।

महानगरका मेयर नागेश कोइरालाले प्रयोगशालाको उद्घाटन गरेका हुन् । मधुमेह, हेमोग्लोबिन तथा रक्त समूहको निःशुल्क परीक्षण गरिने उक्त प्रयोगशालामा आवश्यक उपकरण थप गर्दै जाने मेयर कोइरालाले बताए ।

जेष्ठ नागरिकहरुलाई पहिचान गरी घर–घरमा स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धता गरेका मेयर कोइरालाले उक्त स्वास्थ्य चौकीको स्तरोन्नति गरी ५ बेडसम्मको अस्पतालका रुपमा विकास गर्न कार्यपालिका बैठकमा प्रस्ताव राख्ने जानकारी गराए ।

वडाध्यक्ष श्याम घिमिरेले चौकीलाई सुविधासम्पन्न बनाउने प्रतिवद्धता जाहेर गरे । चौकीलाई सबैको साथ रहे अझ व्यवस्थित गर्दै लगिने उनले बताए ।

प्रदेश स्वास्थ निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि आवश्यक नीतिगत र व्यवस्थापकीय तहहरुमा समान्वय गर्ने बताए।

सकेसम्म रोग लाग्न नदिन स्थानीय तहले समेत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा बस्नेतले जोड दिए ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले गुणस्तरीय र सुपथ मूल्यमा उपचारका लागि प्रयोगशाला अपरिहार्य रहेकाले चौकीबाट हुने उपचारको गुणस्तर वृद्धि हुने बताए ।

स्थानीय शिवराम थनदार, बलवहादुर खवास र पूर्व वडाध्यक्ष बद्रीनारायण सरदारले प्रयोगशालाले दलित, आदिवासी, सुकुम्वासी समुदायलाई लाभ दिने बताएका छन् ।

विगतमा ल्याएको बर्थिङ सेन्टरको सेवालाई एम्बुलेन्सको अभावले प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा चिन्ता व्यक्त गरे ।

सरकारले तोके बमोजिमका ९२ वटा निःशुल्क औषधि समेत पाउन मुस्किल पर्ने चौकीमा प्रयोगशाला सेवा आएकोमा स्थानीयले खुसी व्यक्त गरेका थिए ।

(प्रशिक्षार्थी)

252
Shares
२६ आश्विन २०७९, बुधबार १९:३१