गगन नुनिया

विराटनगर । उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलको विराटनगरमा असोज २८ गते नागरिक अभिनन्दन गरिने भएको छ ।

झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम, ललितपुरलगायत जिल्लामा दुई दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील गोयलको योगदानलाई कदर गर्दै अभिनन्दन गर्न लागिएको हो ।

झापाको भद्रपुरमा जन्मिएका ७४ वर्षीय गोयल सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा क्रियाशिल छन् ।

अभिनन्दन समारोहमा प्रमुख अतिथिका रुपमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र विशेष अतिथिका रुपमा पशुपतिनाथ मन्दिरका मूल भट्ट सहभागी हुने जानकारी नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष सुरेशकुमार शर्माले बताए ।

गोयलले झापाका विभिन्न क्षेत्रमा सात सयभन्दा बढी असहाय बालबालिकाका लागि छात्रवृत्ति प्रदान गरेका छन् ।

यसैगरी विपन्न समुदायका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री पनि सहयोग दिंदै आएका छन् ।

जेष्ठ नागरिक, एकल महिला र समुदायका अरु वर्गलाई पनि गोयलले समय समयमा सहयोग गर्दै आएका छन् ।

सामाजिक, शैक्षिकलगायत क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै गोयलको अभिनन्दन गर्न लागिएको समितिका सदस्य, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर १ समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

उद्योगी एवं समाजसेवी दीनबन्धु गोयल

झापा, भद्रपुरको गौशाला, गणेश मन्दिर, मोरङ, रंगेलीको गौशाला, विराटनगरस्थित श्रीकृष्ण गौ सेवा सदन, इटहरीको अनाथाश्रम, विराटेश्वर वृद्धाश्रम, विश्रान्ति मन्दिर मूलघाट, धनकुटालगायत संस्थालाई उनले भरथेग गर्दै आएका छन् ।

यसैगरी काठमाडौंको अनाथाश्रम, विराटनगरको अष्ट चिरञ्जीवी मन्दिर, राधाकृष्ण मन्दिर, काली मन्दिर, कन्काइ धामको लक्ष्मीनारायण मन्दिर, उर्लाबारीको हनुमान ट्रष्ट, झापाको मारबाडी समाज, नेपाल हृदयरोग निवारण प्रतिष्ठानलगायत विभिन्न संस्थालाई उनले सहयोग पुर्याउँदै आएका छन् ।

अभिनन्दनका लागि सुरेशकुमार शर्माको अध्यक्षतामा समिति बनाइएको छ । त्यसअन्तर्गत १७ सदस्यीय कार्य व्यवस्थापन समिति, १३ सदस्यीय सल्लाहकार समिति र ४७५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु