पार्टीकाे निर्णयलाई कारण देखाउँदै नेकपा (एकीकृत समाजवादी) का नेता ओसिम आलमले उम्मेदवारी फिर्ता लिएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका उनले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टीकाे निर्णय मान्नु एक कार्यकर्ताकाे धर्म हाे भन्दै आलमले आफूले साेही धर्म निभाएकाे बताएका छन् ।

‘पार्टीले नै मलाई टिकट दिएकाे हाे, पार्टीले नै फिर्ता लिनु भनेपछि मैले उम्मेदवारी फिर्ता लिएकाे हाे’ आलमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीति लामो यात्रा हो, पार्टी को निर्णयलाई मान्नु एउटा कार्यकर्ताको धर्म हो मैले त्यो धर्म निभाएको छु।’

पार्टीको मोरङ उपसचिव एवं प्रवक्ता समेत रहेका आलमले उम्मेदवारी फिर्ता लिनुलाई ‘पीडाकाे क्षण’ भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

आलमले उम्मेदवारी दिएकाे क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका केदार कार्कीले प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उनी विजयी बनेका थिए ।

याे पनिः मनोनयन दर्तापछि ओसिम आलमले भने, ‘मलाई केदार कार्कीले सघाउनु हुन्छ’

231
Shares
२६ आश्विन २०७९, बुधबार १४:४१