विराटनगर । प्रहरीको हाकिम हुँ भन्दै धम्क्याएर व्यापारीसँग रकम माग गर्ने एक युवा विराटनगरबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–२ का २९ वर्षीय रविन घिमिरेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीको हाकिम हुँ भन्दै व्यापारीलाई धम्क्याएर रकम मागेको खुलेपछि घिमिरेलाई विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ गरिएको हो ।

घिमिरेविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन प्रहरीले मंगलबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ ।
336
Shares
२६ आश्विन २०७९, बुधबार ०९:०३