निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेका लागि तय भएको दुवै तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता लिन समय दिइएको छ ।
आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ ।अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।