विराटनगर । राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषदबीच प्रायोजनसम्बन्धी करिब ३० लाख रुपैयाँको सम्झौता भएको छ ।

नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा बाणिज्य बैंकले प्रायोजन सम्झौता गरेको हो । सम्झौता पत्रमा राष्ट्रिय बाणिज्य बैंकका महाप्रवन्धक किरणकुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरेका छन् ।

बाणिज्य बैंकले नवौं राष्ट्रिय खेलकुदमा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगोसहित विभिन्न विज्ञापन गर्न पाउनेछ । जसमा खेलस्थल क्षेत्रमा विज्ञापनका लागि होर्डिङ्ग बोर्ड, स्टल, ब्यानर लगायत सामग्री प्रयोग गर्न पाउने छ । यस्तै, विभिन्न प्रतियोगितामा पुरस्कार वितरणमा प्रतिनिधिलाई अतिथिको रुपमा सम्मान प्रदान गरिने जनाइएको छ ।

सम्झौतापछि राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषबीच आगामी दिनमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन सम्बन्धी यात्रालाई निरन्तरता प्रदान गर्ने सहमति भएको छ ।

28
Shares
२५ आश्विन २०७९, मंगलवार २२:१४