विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ६० वर्ष उमेरमाथिका १३ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ६० वर्षभन्दा बढी उमेर समूहका १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रेवतबहादुर थापाले ७६ वर्षको उमेरमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । थापा मोरङकै जेष्ठ उम्मेदवार हुन् ।

उक्त क्षेत्रमा उनीसँगै ६९ वर्षका रामप्रसाद मुखिया, र गयानन्द मण्डल केवरत पनि उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर ६ मा कांग्रेसका नेता डा. शेखर कोइरालाले ७२ वर्षको उमेरमा मनोनयन दर्ता गराएका छन् ।

कोइरालासँगै उक्त ६० वर्षभन्दा बढी उमेरका ३ जना उम्मेदवार छन् । नेकपा एमालेका लालबावु पण्डित ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६४ वर्षीय गोपाल क्षेत्री र हाम्रो नेपाली पार्टीबाट ६७ वर्षीय टेकबहादुर अधिकारी पनि चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर ३ मा स्वतन्त्रबाट ७५ वर्षका कृष्ण राई, र नेकपा एमालेका भानुभक्त ढकाल ६० वर्षको उमेरमा उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी ६८ वर्षीय नेतृ सुजाता कोइरालाको उम्मेदवारी दर्ता भएको छ । मोरङ क्षेत्र नम्बर १ मा २ जना उम्मेद्वार ६० वर्षउमेर समूह माथिका छन् ।

नेकपा एमालेका घनश्याम खतिवडा ६० वर्ष र हर्कमान सम्बाहाम्फेले ६५ वर्षको उमेरमा मनोनयन दर्ता गराएका छन् ।

यसैगरी क्षेत्र नम्बर ४ मा स्वतन्त्रका ७४ वर्षका गोकुलप्रसाद पोखरेलले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु