उनलाई सोमबारबाट डेंगुको लक्षण देखिएको थियो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो । थापालाई उपचारका लागि मंगलबार बिहान नोबेलमै भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री थापाले पनि सामाजिक सञ्जालमार्फत आफूलाई डेंगु संक्रमण भएको सार्वजनिक गरेका छन् । चिकित्सकको सल्लाह बमोजिम उपचारमा रहेको जानकारी उनले गराए ।चिकित्सकको निगरानीमा २ दिनसम्म उनको उपचार गरिने जनाइएको छ । हाल थापालाई ज्वरो घट्ने र बढ्ने समस्या रहेको अस्पतालले जनाएको छ । यद्यपि दिउँसोबाट स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको सचिवालयले जाानकारी दिएको छ ।
थापाले आगामी निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट प्रदेशसभा सदस्य पदमा मोरङको क्षेत्र नम्बर ३ ‘क’बाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी मनोनयन दर्ता पश्चात जनताको घरआँगनमा उपस्थित हुनुपर्नेमा स्वास्थ्य समस्याका कारण केही दिनको उपचारपछि मात्रै नियमित भेटमा आउने उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।विगत ३५ वर्षदेखिको निरन्तर राजनीतिक यात्रामा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले अहिलेको अवस्था र बाध्यतालाई बुझिदिन सबैमा अपिल गरेका छन् । थापा समानुपातिकतर्फका प्रदेशसभा सदस्य हुन् ।