विराटनगर । मोरङको पथरी शनिश्चरेबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित प्रहरीले सोमबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीय सन्तोष लिम्बू र २९ वर्षीय सुनील लिम्बू छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सन्तोषको घरमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो ।

घरमा तलासी गर्दा कोठामा झोलाभित्र लुकाएर राखेको ६ सय मिलिग्राम ब्राउन सुगर र नगद ३२ हजार ४ सय रूपैयाँ बरामद भएको श्रेष्ठले बताए ।

प्रहरीका अनुसार दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी छ ।

3
Shares
२५ आश्विन २०७९, मंगलवार ०८:४१