काठमाडौं । नेपालमा डेंगु संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
सातै प्रदेशका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।
सक्रिय संक्रमितको सङ्ख्या पाँच सय ६९ छ । अहिलेसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार तीन सय २४ जना संक्रमणमुक्त भएका छन् ।