जन्मेदेखि
हिलेसम्म
टाउकोमाथि
मडारिएको
कालो बादल
कैयौं हुरी
बतास आए
भुइँचाला र
नारा आए
तर
कालो बादल
रूप फेर्दै
बोली फेर्दै
वचन फेर्दै
झन्झन् कालो
झन्झन् निरंकुश
झन्झन् उत्ताउलो
झन्झन् प्रतिगामी
बन्दै गइरहेको छ
कालो बादल

कागजमा
हटेको
कालो बादल
प्रतिगामीको
निरंकुश
पन्जाले
नङ्ग्राले
च्यातेपछि
फेरि
कालो बादल
सलबलाएको छ
लोकतन्त्र
ढलमलाएको छ
पुरौ माहौल
खल्बलाएको छ
जनताको मुटु
डगमगाएको छ

अब
सबै मिलेर
कालो बादल
हटाउनु छ
ठूलो
हुरी चलाएर
कालो बादल
भारत

अमेरिका
पठाउनु छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु