सांकेतिक तस्बिर ।

विराटनगर । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरी सप्तकोशी नगरपालिका १ घर भएका ३९ वर्षीय उत्सव आचार्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङको ग्रामथान गाउँपालिका २ स्थित ससुराली घर गएका आचार्यले गत शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे सूचना पाएपछि प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु