जनताको मर्म बुझ्ने हराइसके देशमा
बनाउनु छ आफ्नै देश न जाउ परदेशमा
***
बाबा
लोकतन्त्र गणतन्त्र मास्न दिनुहुन्न
बैरीसँग स्वाभिमान साट्न दिनुहुन्न
जनताको
आमा
जनजनको मन बुझ्ने प्रतिनिधि खोजौं
देशको समृद्धि गर्नेलाई नै जनताले रोजौं
जनताको
***
बाबा
परदेशबाट फर्कनेलाई रोजगार स्वरोजगार
दिने छैनौँ हुन हामी लोकतन्त्रको हार
जनताको
आमा
परदेशीलाई फर्काउने वातावरण मिलाऔं
बिछोडिने परिवारको मनको घाउ सिलाऔं
जनताको
***
बाबा
हामी सबै जनता मिली बनाउनु छ देश
देश बन्दा सुधारिन्छ सिङ्गै परिवेश
जनताको
आमा
जवान जति खाडीतिर बुढाबुढी घर
यस्तै भए परिवर्तन कहिले देखिन्छ र?
जनताको
***
बाबा
देशमै राम्रो कमाई भए छोड्छ कसले देश
कसलाई प्यारो नहोला र आफ्नै भाषाभेष
जनताको
आमा
हाम्रो नेताभन्दा पनि राम्रो नेता छानौं
जो झुक्दैन बैरीसँग उसलाई आफ्नो मानौँ
जनताको
केटाकेटी, जो जो लडे सिमाना र नाकाबन्दीसँग
उसैभित्र भेटिन्छ कि राष्ट्रवादको रङ्ग।