विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले पार्टीको निर्णविरुद्ध नजान भन्दै आइतबार विज्ञप्तिमार्फत् यस्तो निर्देशन दिएका हुन् ।

‘पार्टी र गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उक्त उम्मेद्वारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै गठबन्धनका विपक्षी उम्मेदवारहरुलाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौं ।’

उनले अहिलेको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरुद्धका गतिविधिलाई परास्त गर्न भएको उल्लेख गरेका छन् ।

28
Shares
२३ आश्विन २०७९, आईतवार १९:३४